Skip to content

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौँ । रुपन्देही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार श्रीनिवास यादव ले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका छन्। यादव जसपा नेपालको केन्द्रीय सदस्य पनि हुन्।

सोमबार जारी प्रेस विज्ञप्तिमा यादवले भनेका छन् कि वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्ति भएको विश्वासले उनले यस निर्णय लिएका हुन्। उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको पनि उल्लेख गरेका छन्।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। रुपन्देही–३ बाट अहिले एमालेका बासुदेव घिमिरे उम्मेदवार रहेका छन्।

एमाले प्रवेश गरेका यादवलाई नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायत नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार