काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेको ५ लाख मतपत्र आजै दिनभरमा छापिने जानकारी दिएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेल का अनुसार, बागमती प्रदेशका लागि बाँकी मतपत्र आज बेलुकीसम्म छापिनेछ। प्रत्यक्ष तर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी ५ लाख मतपत्र अन्तिम चरणमा छन्।
पौडेलले बताए अनुसार, भोलिसम्ममा सबै मतपत्र प्याकिङ सकिएर बाँकी जिल्लामा ढुवानी गरिनेछ। केन्द्रले दैनिक १३–१५ लाख मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अघि नै काम पूरा गरेको छ।
समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ भने नमूना मतपत्र पनि निर्वाचन आयोगले विभिन्न स्थानमा पुर्याइसकेको छ।
कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र वितरण भइसकेको छ र बाँकी क्षेत्रहरूमा पनि १२ फागुनसम्म सबै मतपत्र पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्