Skip to content

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश जाँदै

कालोपाटी

१४ घण्टा अगाडि

काठमाडौँ । परराष्ट्रमन्त्री बलानन्द शर्मा बङ्गलादेश जाने भएका छन् । बङ्गलादेशमा गठन हुने नयाँ सरकारका प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन उनी मङ्गलवार त्यसतर्फ जान लागको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलदेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले हालै चुनाव सम्पन्न गराएको छ । सो चुनावबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ ।

बीएनपीका अध्यक्ष तारिक रहमानले बङ्गलादेशको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण कार्यक्रममा बङ्गलादेशले नेपालसहित भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स, भुटानलगायतका देशका सरकार प्रमुखलाई निमन्त्रणा पठाएको छ ।

शपथग्रहण कार्यक्रम ढाकामा रहेको राष्ट्रिय संसद् परिसरमा हुने भएको छ । प्रधानमन्त्रीको शपथ मङ्गलवार दिउँसो ४ बजे हुने बताइएको छ । परराष्ट्रमन्त्री शर्मा शपथ ग्रहण कार्यक्रममा सहभागी भएर केही उच्चस्तरीय भेटघाट गरी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार