काठमाडौँ । निर्वाचन आयोग नेपाल ले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा ६६ राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये हालसम्म ३२ वटाबाट मात्र जवाफ प्राप्त भएको आयोगले जानकारी दिएको छ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण सोधिएको हो। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारका हकमा भने स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल मार्फत प्रक्रिया अघि बढाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भइरहेको र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। प्राप्त ३२ वटा जवाफको अध्ययन भइरहेको कानुन अधिकृत जोशीले बताए।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित रहेको आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ। जिल्लास्तरमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण माग गरी दोषी देखिएकामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्