काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत ले नुवाकोट बेल्कोटगढीको फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस कहिल्यै पुरानो नहुने जिकिर गर्नुभयो।
उहाँले जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गर्दै नयाँ पार्टीहरू सामाजिक सञ्जालमै सीमित रहेको दाबी गर्नुभयो। “नयाँ पार्टी त कुन दुलोबाट आउँछ कहाँ हराउँछ थाहै हुँदैन। हाम्रा अन्य प्रतिस्पर्धी दलले पनि गर्न सक्दैनन्,” उहाँले भन्नुभयो।
डा. महतले आफूमाथि आलोचना भए पनि आफूले नुवाकोटमा धेरै बजेट ल्याएको उल्लेख गर्दै पार्टी एकताबद्ध भएर चुनावमा होमिएको जिकिर गर्नुभयो। “अहिलेको चुनाव सामान्य होइन, त्यसैले कांग्रेस एकजुट भएर अघि बढेको छ। हामी एक छौँ, दुइटै क्षेत्र जित्छौँ। जनताको दुःखसुखमा उभिने पार्टी पनि कांग्रेस हो,” उहाँले थप्नुभयो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्