काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मकवानपुरस्थित भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दै गर्दा रङ्गेहात पक्राउ परेका छन्।
बाराको प्रसौनी गाउँपालिका–१ निवासी २६ वर्षीय विशाल मुखिया लाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो। मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए।
पक्राउ परेका मुखिया यसअघि गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन्। उनलाई मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद तथा १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका उनी गत २०८२ भदौ २४ गते कारागार तोडेर फरार भएका थिए।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न अवस्थामा फेला परेपछि हाल बारा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डित का अनुसार फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्