काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार फागुन ४ गते बिहान १० बजेदेखि ५ गते बिहानसम्म देशभर कुल १९ वटा विपद्का घटना भएका छन्, जसमध्ये १५ वटा आगलागीका रहेका छन्।
प्राधिकरणका अनुसार असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको देखिएको छ। हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत यस्ता घटनाबाट बच्न सकिने भए पनि लापरवाहीका कारण आगलागी बढिरहेको विवरणमा उल्लेख छ।
तेह्रथुम, संखुवासभा र मोरङमा एक/एक तथा सिरहा, सर्लाही र स्याङ्जामा दुई/दुई वटा आगलागीका घटना भएका छन्। त्यस्तै बारा, पर्सा, रुपन्देही र बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिमा क्षति पुगेको छ।
यसै अवधिमा संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोका घटना भएका छन् भने बैतडीमा जनावरको आक्रमण भएको छ। विपद्का घटनामा परी छ जना घाइते भएका छन् भने करिब ३४ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
प्राधिकरणले हिउँदको समयमा सुक्खापनका कारण आगलागीको जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्