काठमाडौँ । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँको ४१५३।१५ मेट्रिक टन अलैँची निर्यात भएको उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा ८ अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपैयाँको ३०२८।४९ मेट्रिक टन निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांक अनुसार अलैँचीको निर्यात मूल्य र परिमाण दुवै बढेको छ । चालु वर्ष निर्यात भएको अलैँचीको कुल मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढी छ। त्यसैगरी, निर्यात परिमाण पनि ११२४।६६ मेट्रिक टनले वृद्धि भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्