Skip to content

निर्वाचनको समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ । स्वीकृत गर्नेरनगर्ने सरकारको कुरा हो’, भण्डारीले भने ।

यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमशस् शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार