काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर नजिक चितुवाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।
आज दिँउसो १ बजे तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा तारकेश्वर नगरपालिका वडा नं१० मनमैजु नासलचोक का ६५ वर्षीय दुलाल महर्जन र अर्का ५५ वर्षीय मायानाथ वाग्ले घाइते भएका हुन् ।
महर्जनको टाउको र बाँया हातमा सामान्य चोट लागेको छ । उनको शुभम् अस्पताल मनमैजु लोकतान्त्रिक चोकमा उपचार भइरहेको छ ।
त्यस्तै चितुवाको आक्रमणबाट घाइते भएका वाग्लेको दाहिने कान र बाँयाको हातमा चोट लागेको छ । उनको नेपाल आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने चितुवा मनमैजुस्थित ठुलो ईनार नजिक अनोजमणी अधिकारीको घर भित्र छिरेको थियो । घरभित्र चितुवा छिरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । चितुवा उद्धारको लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय भई सकेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्