काठमाडौँ । सेयरबजार आज २७.५९ अंकले ओर्लिएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै २६१४.५५ विन्दुमा पुगेको छ।
यस दिन ६ अर्ब ६९ करोडको कारोबार भएको छ। डेढ करोड कित्ता खरिदबिक्रीमा सो परिमाणमा कारोबार भएको हो।
आइतबार ३४ वटा सेयरको मात्रै मूल्य बढेको छ। २२० वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज साल्पा विकास बैंकको १० प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स ९.२६ प्रतिशत, कालिका लघुवित्त ५.१७ प्रतिशत, मञ्जुश्री फाइनान्स ४।४२ प्रतिशत र सुपर मादी हाइड्रोपावर ४।१६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
त्यसैगरी बुद्धभूमि हाइड्रोपावर ८.९२ प्रतिशत, रिडी पावर कम्पनी ८.३३ प्रतिशत, आखुखोला जलविद्युत् कम्पनी ८.२८ प्रतिशत, नारायणी विकास बैंक ६.९१ प्रतिशतले घटेका छन्। कारोबारमा आज आखुखोला जलविद्युत् कम्पनी अगाडि छ। कम्पनीको ६३ करोडको कारोबार हुँदा रिडी ३७ करोड, एसवाई प्यानल ३१ करोड, ङादी ग्रुप पावर १९ करोड र राधी विद्युत् १७ करोडको कारोबार भएको छ।आज सबै उपसमूहहरु राताम्य छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्