काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन लगायतका क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे ।
शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा शान्ती सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रुपमा काम गरिरहेको बताए
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्