Skip to content

सोमबार २.४१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६१६.९७ बिन्दुमा

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक २।४१ अंकले बढेर २६१६।९७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ५ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, एनआईबिएल समृद्धि फण्ड( २ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार