काठमाण्डौ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू सहभागी भएको उजुरी आएको उल्लेख गर्दै ती शिक्षक, प्राध्यापक र कर्मचारीलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिनुभएको हो ।
आयोगले निर्वाचन आचारसंहिता र कानूनी व्यवस्थामा उनीहरूको पदसम्म नरहने गरी कारबाही हुनेसम्मको व्यवस्था रहेकाले त्यस्ता खालका गतिविधिमा सहभागी नहुन शिक्षक, प्राध्यापकलाई सचेत गराएको छ ।
आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नेरगराउने काममा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।
प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट अनुगमन गर्नका लागि पुनः सचेत गराएको बताउनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्