Skip to content

राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका छन् ।

पार्टी प्रवेशसँगै उनलाई रास्वपाले जिम्मेवारी समेत दिइसकेको छ । उनलाई पार्टी उपसभापति डीपी अर्याल मातहतको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी जिम्मेवारी दिइएको हो।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाले जिम्मेवारी दिएको जानकारी गराउँदै लेखेका छन्, ‘पार्टीको उपसभापति डीपी अर्यालजी संयोजक रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी मलाई जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद ।’

उनले पार्टीप्रति पूर्णरुपले इमानदार र शिरमा देश राखेर आफ्नो कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले माघ अन्तिम साता राप्रपा परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार