काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन एवम पूजापाठ गरेका छन् ।
बुधबार दिँउसो जनकपुरधाम आईपुगेका लामिछानेले धनुषाका विभिन्न क्षेत्रका उम्मेदवारहरुसंगै पूजापाठ गरेका हुन् ।
पूजापाठ सम्पन्न गरेर उनले जानकी चोकमा सम्बोधन गर्दै रास्वपाले अघिल्लो चुनावमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चुकेको बताए ।
उनले यसपटक विभेदको अन्त्यसंगै सुशासनको स्थापनका लागि प्रतिबद्ध रहेको बताए । लामिछानेले आफ्ना उम्मेदवारहरुलाई जिताएर पठाउने जिम्मा जनताको र इमान्दारीपूर्वक काम गर्ने जिम्मा आफूहरुको भएको बताए ।
लामिछानेले जनकपुरधामको विघौविघा जग्गा गैरकानुनी रुपमा विक्री भएको प्रति रास्वपालाई जानकारी भएको बताए । उनले मन्दिरको ती जग्गा किनबेच गर्नेलाई रास्वपाको सरकारले तह लगाउने र कानुनको दायरामा ल्याउने जानकारी दिए । रवि लामिछाने आजै महोत्तरीलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्