काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
सुनको भाउ घट्दा पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्