काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्