काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने क्रम नरोकिएको बताएका छन्। मंगलबार फेसबुकमा आफ्नो धारणा राख्दै उनले निर्वाचनको मौन अवधिमा समेत आफू र कांग्रेसका उम्मेदवारहरू विरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइएको उल्लेख गरेका छन्।
‘यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो । यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईँहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ’ उनले लेखेका छन्।
उनले भ्रम फैलाउने खाताविरुद्ध रिपोर्ट गरिदिन आग्रह गर्दै कुनै सामग्री सेयर गर्नुअघि एक छिन रोकिएर सत्यता जाँच्नेर मात्र सेयर गर्न आग्रह गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्