Skip to content

काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या सात लाख ५० हजार नाघ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । भोली हुने चुनावलाई लक्षित गर्दै काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चुनावका दिन भोलि आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले काठमाण्डौ उपत्यका छाड्ने क्रम बढेको हो ।

चुनावका लागि उपत्यकाबाट बाहिरिने क्रम आज पनि जारी रहेको ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभएको छ । सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी गाडीमार्फत जानेहरु पनि छन् ।

अहिलेसम्म सात लाख ५० हजारभन्दा धेरैले काठमाण्डौ उपत्यका छाडिसकेको उहाँले जानकारी दिनुभयो ।आज पनि कतिपय बाहिरीने भएकाले यो संख्या थप बढ्ने अनुमान छ । आज मध्यरातिदेखि भने सार्वजनिक र पासबाहेकका गाडी चल्न पाउने छैनन् ।

भोलि मतदान नसकिएसम्मका लागि सरकारले गाडी चलाउन रोक लगाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले जनशक्ति बढाएको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

यातायात व्यवसायीले पनि सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा धेरै यात्रु नराख्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार