Skip to content

बिदाको दिनमा पनि सर्वोच्च अदालत खुल्ने : बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । सरकारले चुनावका लागि घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाएको छ ।

आजदेखि यही २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिनसम्म बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार