Skip to content

प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । भोलि देशैभर प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सुरक्षा दृष्टिकोणले यसपटकको निर्वाचन स‌ंवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाको विषयमा चासो राख्दै आएकी छन् ।

बैठकमा सबै सुरक्षा प्रमुखहरुले विफ्रिङ गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार