काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् । निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उनले सही उम्मेदवार छनोट गर्न सुझाव दिएका हुन्।
मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन भन्नेकुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्नेकुरामा आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उनले आग्रह गरे ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताए । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरुलाई नियन्त्रण गर्नुपर्ने भन्दै उनले सञ्चारकर्मीहरुलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गरे ।
निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्