काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज झापा नपुग्ने भएका छन् ।
बिहान उनलाई लिएर झापा हिँडेको हेलिकोप्टर सुरक्षा चुनौति देखाइएपछि बीचबाटै फर्काइएको थियो ।
बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए । बेनका अनुसार केबाट जाने भन्ने निधो भइसकेको छैन ।
बालेनले रास्वपाबाट झापा -५मा उम्मेदवारी दिएका छन् । उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिद्वन्द्वी हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्