Skip to content

काठमाडौं उपत्यकामा रास्वपाको लहर, १४ क्षेत्रमा अग्रता

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २ र २ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् ।

काठमाडौं -१मा रञ्जु दर्शना, काठमाडौं -२मा सुनिल केसी, काठमाडौं -३मा राजुनाथ पाण्डे, काठमाडौं -४मा पुकार बम, काठमाडौं -५मा सस्मित पोखरेल, काठमाडौं -६मा शिशिर खनाल, काठमाडौं -७मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं -९मा डीपी अर्याल र काठमाडौं -१०मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।

यसैगरी ललितपुर -२मा जगदिश खरेल र -३मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर क्षेत्रनम्बर -१मा भने कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन् ।

भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरु अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर -१मा रास्वपाका रुकेश रन्जित अगाडि छन् । नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।यसैगरी भक्तपुर क्षेत्र नम्बर -२मा राजिव खत्रीले अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार