काठमाडौँ। रौतहट निर्वाचन क्षेत्र नम्बर -३मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार गोविन्द चौधरी अग्रस्थानमा रहेका छन्।
गुजरा नगरपालिका-८ जुगौलिया मतदान केन्द्रको मतगणनाअनुसार चौधरीले १ सय ९१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धिरज पटेल ले १०७ मत पाएका छन् भने नेपाली कांग्रेस का उम्मेदवार रामकृपाल यादव ले ५७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का उम्मेदवार कुन्दन कुशवाहा ले ३५ मत पाएका छन्।
अन्यतर्फ नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार पुनम यादव ले १२ मत प्राप्त गरेका छन् भने आम जनता पार्टी का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह ले ३७ मत पाएका छन्।
प्रारम्भिक मतगणनामा जसपा उम्मेदवार चौधरीले अग्रता लिएका छन् भने अन्य मतदान केन्द्रहरूको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्