Skip to content

सर्लाही–४मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । सर्लाही ९ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन्। उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन् । नेकपा (तारा चुनाव चिह्न) ले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ । यसैबिच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाइएको छ । मतगणना कार्य जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा अग्रस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार