काठमाडौं । चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् । एक लाख ३ मत खसेको चितवन-३मा गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी हुन् ।
नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् ।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।
गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका उम्मेदवार दिपक थापा मगरले १ हजार २ सय २६ मत मात्रै ल्याएका चितवन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्