काठमाडौँ । रौतहट -२मा नेपाली कांग्रेसका डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५ सय २८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।
नवनिर्वाचित डा. आलमका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३ सय २५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९ सय ६० मत ल्याएर चौथो र नेकपा एमालेका उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३ सय ८२ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा एक लाख आठ हजार ८ सय ७२ मतदाता रहेकामा ७१ हजार ५ सय ४६ जनाले मतदान गरेका थिए । ६६ हजार १ सय ४४ मत सदर र पाँच हजार ४ सय २ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्