काठमाडौँ । धनुषा क्षेत्र नं-१मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत परेको छ । अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत परेको छ ।
रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको छ । खारेज भएको उम्मदेवारले अत्यधिक मत पाएपछि त्यहाँको मतगणना परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।
उनले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार, उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का मातृकाप्रसाद यादवले सबैभन्दा बढी ७ हजार ५६६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ७ हजार ४२८ मत पाएका छन् भने तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत प्राप्त गरेका छन्।
सबैभन्दा बढी मत परेका रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजीले मतगणनाको परिणाम के हुने हो भन्ने अन्योल छ ।
रास्वपाका उम्मेदवार साहविरुद्ध १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो।
१४ फागुनमा साहसँग स्पष्टीकरण र प्रमाण पेस गर्न निर्देशन दिए। आयोगले १८ फागुनमा उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्