Skip to content

‘सदनमा जनताको प्रश्नको उत्तर नआए बबाल हुनेछ’ : हर्क साम्पाङ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ  । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नआए बबाल हुने संकेत गरेका छन् । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।

उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’

उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’

सुनसरी क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेक हर्क साम्पाङ विजय उन्मुख छन् । यस क्षेत्रको अन्तिम परिणाम नआइसके पनि उनले आफ्ना प्रतिस्पर्धीलाई १३ हजार २ सय ९८ मतले पछाडि पारेका छन् । अहिलेसम्म साम्पाङले ३३ हजार ५ सय ६५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २० हजार २ सय ३७ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले ५ हजार ५ सय ८९ र एमालेका टिका राम लिम्बु ४ हजार ८ सय ४९ मत प्राप्त गरेका छन् । अहिलेसम्म धरान उपमहानगर र वराहक्षेत्र नगरपालिकाको मत गणना भएको छ । अब रामधुनी नगरपालिकाको २ वटा वडाको मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार