Skip to content

सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको ३ लाख १३ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार