काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक गणना केवल तथ्याङ्क संकलन मात्र नभई देशको आर्थिक भविष्य निर्माण गर्ने आधारभुत राष्ट्रिय अभियान भएको बताएका छन् ।
राष्ट्रिय आर्थिक गणना २०८२ को तयारीका क्रममा आयोजित जिल्ला आर्थिक गणना तथा सहायक आर्थिक गणना अधिकारी तालिम कार्यक्रममा उनले विश्व प्रतिष्पर्धात्मक अर्थतन्त्रको युगमा तथ्याङ्क नै सबैभन्दा ठुलो शक्ति रहेको बताएका हुन् ।
विश्वसनीय तथ्याङ्कले प्रमाणमा आधारित आर्थिक तथा औद्योगिक नीति निर्माणमा सहयोग गर्ने उनको भनाइ छ । उनले आर्थिक गणनाले निजी क्षेत्रका सुधार कार्यक्रमलाई सही दिशामा लैजाने, लगानीकर्ताको विश्वास बढाउने तथा रोजगारी र उत्पादकत्व वृद्धिका रणनीति बनाउन आधार प्रदान गर्ने बताए ।
उनले आर्थिक गणनाको लागी सहकार्य गर्न परिसंघले तथ्याङ्क कार्यलयसँग सम्झौता नै गरेको जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्