Skip to content

समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले त्यस बेलासम्म समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सबै काम सम्पन्न भइसक्ने बताए ।

भोलि मंगलबार सम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगको छ । मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरुसँग माग गरिने उनले बताए ।

त्यसपछि दलहरूबाट प्राप्त नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार