Skip to content

राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।

गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए।

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार