Skip to content

अन्तिम दुई निर्वाचन क्षेत्रको समानुपातिक मतगणना हुँदै, आजै सीट संख्या यकिन गरिने

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार इलाम–१ र गोरखा–१को मतगणना जारी छ ।

ती अन्तिम दुई निर्वाचन क्षेत्रका मतगणना सकिएपछि आयोगले आजै राजनीतिक दलहरूलाई क्लष्टर अनुसार प्राप्त सीट संख्याको जानकारी दिने उनले बताए ।

कुन दलका कति उम्मेदवार निर्वाचित भए रु निर्वाचितमध्ये कुन कुन क्लष्टरमा कति कति जना छन् भन्ने विषय आयोगले दलहरूलाई पत्र लेखेरै जानकारी दिइने भट्टराईले बताए ।

हालसम्म समानुपातिक तर्फ कुन दलका कति उम्मेदवार निर्वाचित भए भन्ने कुरा यकिन भएको छैन । तर, मध्याह्न १२ पछि ती संख्या यकिन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार