काठमाडौं । बुधवार नेप्से परिसूचक ४६.७८ अंक घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको पहिलो कारोबारका दिन उच्च अंकले बढेको मंगलवारदेखि घट्न सुरु गरेको छ ।
मगंलबार ३२.०८ अंकले घटेको नेप्से बुधवार ४६.८७ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले घटेको छ ।
बुधवार ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । व्यापार उपसमूह ३.४० प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको १ प्रतिशत बढीले घटेको छ ।
बुधवार कारोबारमा आएको सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बैंकको शेयरमूल्य ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्