काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति लामिछानेले बिहीबार एक शोक सन्देश जारी गर्दै अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको हो । उहाँले दुःखको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सन्देशमा सभापति लामिछानेले भन्नुभएको छ, ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीको निधनले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’
लामिछानेले शोकको यस समयमा अध्यक्ष ओली र उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्