Skip to content

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।

बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन् ।

हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा। स्वर्णिम वाग्ले छन् । नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन् । अरु केही नेताहरु भने कार्यालयबाट फर्किएका थिए ।

प्रवक्ता झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।

समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले अनुमान गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार