Skip to content

१३ अंकले बढ्यो शेयर बजार, १२ अर्बको कारोबार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ ।  शेयर बजार १३.५१ अंक बढेको छ। मंगलबार यो वृद्धिपछि शेयर बजार परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ।

कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो।

१३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो। हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङतर्फ ०‍.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढेको छ।

फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६ र निर्जीवन बीमातर्फ ०.०३ घटेका छन्। यस्तै व्यापार ०.२१ तथा अन्य समूह ०.१० प्रतिशत घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार