काठमाडौँ । व्यक्तिगत खुसीमा सीमित रहने जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै एक उदाहरणीय र प्रेरणादायी पहल गरिएको छ। लायन्स क्लब अफ काठमाडौँ डायमण्ड का अध्यक्षको अग्रसरतामा मानव सेवा आश्रम, रानिवनमा आश्रित २५० जना अशक्त, अपाङ्ग तथा जेष्ठ सडक मानवलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको हो।
मानवता र सहानुभूतिमा आधारित उक्त कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ का डिस्ट्रिक्ट गभर्नर केशर बहादुर भण्डारी, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर मनोज कुमार सापकोटा, क्याबिनेट सेक्रेटरी इन्द्र कार्की सहित वसन्त थापा र अर्जुन कार्की जस्ता वरिष्ठ लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा अध्यक्षले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, देशभर आश्रमको सेवा विस्तारमा निरन्तर सक्रिय रामजी अधिकारी, उमा भण्डारी तथा सम्पूर्ण आश्रम परिवारप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ।
सडकमा जीवनयापन गर्न बाध्य जेष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण र सेवा गर्दै आएको मानव सेवा आश्रम ले यस्ता सहकार्य र पहलमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। जन्मदिनलाई सेवा, माया र सहानुभूतिको माध्यम बनाउने यस प्रयासले अन्य व्यक्ति तथा संस्थालाई पनि सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्