Skip to content

इजरायल–इरान युद्धको विरोधमा अमेरिकी राजदूतावास अगाडि प्रदर्शन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले अमेरिका, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको छ।

तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै शान्ति समाजले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शन गरेको हो ।

‘शक्ति राष्ट्रहरु युद्धको पक्षपोषण होइन युद्ध अन्त्य गर्न योगदान गर, अमेरिका युद्ध रोक शान्ति कायम गर’लगायतका व्यानार बोकेर उनीहरुले शान्तिको कामना गरेका थिए ।

हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको उनीहरुको भनाइ छ ।

समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिकै लागि गम्भीर खतरा भएकाले हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने धारणा सहित युद्ध रोकी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न आग्रह समेत गरेको छ ।अमेरिकालाई युद्धको पक्षधर होइन, सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार