धनगढी, बैशाख २७ ।
कैलालीमा आजदेखि सबै बैँकहरुले सेवा सञ्चालन गर्ने भएका छन्। प्रदेशको अस्थायी राजधानी धनगढी सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले निर्देशन दिएको हो ।
आजदेखि बैङकहरु खुल्ला रहने तर बैँकहरुले सिमित बैङकिङ कारोबार मात्र गर्ने बैँकर्स क्लब धनगढीका अध्यक्ष धर्मकुमार विष्टले बताउनुभयो। उहाँले भन्नुभयो, बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुल्ने बैँकबाट ग्राहकले नगद कारोबार गर्न पाउनेछन्। त्यसका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ। नगद कारोबार बाहेकका अन्य सेवा भने तत्कालका लागि भने बन्द रहनेछन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्