काठमाण्डौ । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा अहिलेसम्म मध्यपूर्वबाट ८२ हजार १ सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पछिल्लो विवरणबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये झन्डै ६ हजार जनाले शुरूमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको सङ्ख्या घटेको क्षेत्रीको दाबी छ ।
इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावकाबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले बताउनुभयो । मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीले अहिले कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ । उहाँले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्