काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।
स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्