Skip to content

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार हिजो र आजका लागि एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । बिहीबार र शुक्रबार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ९२ पैसा र बिक्री दर १४८ रुपैयाँ ५२ पैसा थियो । डलरको भाउ उच्च विन्दुमा पुग्दा नेपाली अर्थतन्त्रमा यसको बहुआयामिक प्रभाव पर्ने देखिन्छ ।

यस्तै आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार