काठमाडौं । १५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्ति र समूहमाथि अनुसन्धान गर्दा करिब डेढ अर्बको अवैध क्रिप्टो करेन्सी कारोबार भएको खुलेको छ ।
सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो । सो क्रममा अनुसन्धान गर्दा अरु दुई जना पक्राउ परेका छन् ।
प्रहरीले भारतीय नागरिक प्रवेश अली र बाँकेका नरेश रेउलेलाई पनि पक्राउ गरेको छ । सो क्रममा १ करोड ३६ लाख ८० हजार ५८० रुपैयाँको क्रिप्टो कारोबार भेटिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्