Skip to content

चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने एक जना व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका-२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका-२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो ।

गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहनाहरू, चाँदीको जस्तो देखिने विभिन्न गरगहनाहरू, खुकुरी १ थान, फलामको रड २ थान, तरबार १ थान, नगद २ लाख ४९ हजार रुपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कुटर १ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार