काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार चैत १०मा भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो ।
रिट निवेदकको तर्फबाट बहस सकिएको छ । आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले प्रतिवाद गर्नेछन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो । भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
त्यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्