Skip to content

सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङल सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ, देशको स्वास्थ्यको लागि यो अनिवार्य छ,’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार